Nepal Face
  • आइतबार, १० साउन २०८३
  • थाइल्यान्डसँग ४६ रनले पराजित भएपछि विश्वकप एसियाली छनोटबाटै बाहिरियो नेपाल


    शुक्रबार, भाद्र २२ २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । मलेसियामा जारी महिला टी-२० विश्वकप क्रिकेटअन्तर्गत एसियाली क्षेत्रको छनोट प्रतियोगिताको सेमिफाइनलमै नेपाल आउट भएको छ।

    शुक्रबार खेलिएको सेमिफाइनल खेलमा नेपाललाई थाइल्यान्डले ४६ रनले हराएसँगै नेपाल उक्त विश्वकपको छनोटबाटै बाहिरिएको छ ।

    १०६ रनको लक्ष्य पाएको नेपालले १९.३ ओभरमा सबै विकेट गुमाएर ५९ रन जोड्यो । नेपालका लागि कविता कुँवरले १७ तथा अप्सरा बेगम र कविता जोशीले १०/१९ रन बनाए । जितसँगै थाइल्यान्ड विश्वकपको विश्वस्तरको छनोटमा पुगेको छ ।

    थाइल्यान्डले सन् २०२० मा विश्वकप खेलेको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार