काठमाडौं । चिकित्सा शिक्षा सुधार लगायतका विभिन्न माग गर्दै १९ औं सत्याग्रहमा रहेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था खराब हुँदै गएको छ ।
चिकित्सा शिक्षा सुधारको माग लिएर अनशनमा बसेका डा. केसीलाई भेट्नका लागि चर्चित गायक अमृत गुरुङ मंगलबार त्रिवि शिक्षण अस्पताल पुगेका छन्।
पछिल्लो दिनमा डा. केसीको स्वास्थ्य गम्भीर भएपनि सरकारले बेवास्ता गरेसँगै गायक अमृतले सरकारलाई गम्भीर प्रश्न सोधेका छन् । सामाजिक सञ्जालमा लेख्दै उनले भनेका छन्, ‘ सरकार हजुर, डा. केसीका के माग देश र जनता विरोधी छन्? कि स्पष्ट पारिदिनु पर्याे, नत्र मानिदिनु पर्यो।’
गायक अमृतले डा. केसीलाई भेटेपछि उनको मागमा ऐक्यबद्धता समेत जनाएका छन् । उनको माग जायज रहेको विचार पोख्दै उनले सामाजिक सञ्जालमा आफ्नो भावना व्यक्त समेत गरेका हुन् ।
डा. केसीको माग जायज रहेको चौतर्फी आवाज उठेपनि सरकार भने यतिखेर सत्ता परिवर्तनको खेलमा लागेको भन्दै जनमानसमा असन्तुष्टि बढिरहेको छ ।