Nepal Face
  • बुधबार, १९ कार्तिक २०८३
  • अर्घाखाँचीमा चट्याङ लागेर १ को मृत्यु, ४ को अवस्था गभ्भीर


    मंगलबार, भाद्र १९ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउँपालिका–९ मा हावाहुरीसहित आएको चट्याङ लागेर १ जनाको ज्यान गएको छ भने ४ जना गभ्भीर घाइते भएका छन ।

    गोखुङ्गाको लादेकापोखरामा चट्याङ लागेर गभ्भीर घाइते भएका २० वर्षिय मिलन खनालको उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

    ४ जना गम्भीर घाइते हुनेमा लिलबहादुर पुन, चन्द्रबहादुर पुन, दामोदर खनाल र जेमबहादुर पुन रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक मुकुन्द रिजालले जानकारी दिए ।

    घाइतेमध्ये केहीको सन्धिखर्ककमा उपचार भइरहेको र केहीलाई बुटवल रिफर गरिएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार