काठमाडौं । पहिलो पटक एसिया कप क्रिकेट खेलेको नेपाल आफ्नो दोस्रो खेलमा भारतसँग पराजित भए पनि नेपालले भारत विरुद्ध गरेको ब्याटिङको सबैतिर चर्चा भइरहेको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले आसिफ शेखको अर्धशतक र सोमपाल कामीको ४८ तथा कुशल भुर्तेलको ३८ रन मदतमा भारत विरुद्ध २३० रन बनाएको थियो ।
वर्षाले बारम्बार प्रभावित खेलमा भारतले डीएलएस मेथडमा २३ ओभरमा १४५ रनको नयाँ लक्ष्य पाएको थियो र विना क्षती १४७ रन बनाएर पूरा गरेर खेल जित्यो पनि । खेलपछि नेपाली टिमले भारतीय टिमका खेलाडी प्रशिक्षकहरुसँग भेट गरे । जहाँ भारतीय टिमका खेलाडी र प्रशिक्षकले नेपाली टिमलाई मेडल लगाइदिए ।
जितेको टिमले ड्रेसिङ रुममा गएर हारेको टिमलाई मेडल लगाइदिनुको खास कारण छ । भारतकै प्रशिक्षक मोन्टी देसाईले नेपाली टिमको जिम्मेवारी लिएसँगै उनले ह्याप्पी ड्रेसिङ रुमको माहोल सिर्जना गरेका छन् ।
त्यसही अनुसार नेपालले खेलेको विभिन्न खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई मेडल लगाएर सम्मान गर्ने चलन मोन्टीले बसालेका थिए ।
सोही अनुसार भारत विरुद्धको खेलपछि पनि तीन नेपाली खेलाडीलाई मेडल दिइयो त्यो पनि भारतीय प्रशिक्षक र खेलाडीको हातबाट । भारत विरुद्ध उत्कृष्ट प्रदर्शन गरेका ओपनर ब्याटर आसिफ शेख, अलराउण्डर सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीलाई मेडल दिइएको थियो । भारतका स्टार ब्याटर विराट कोहलीले आसिफलाई मेडल लगाइदिए । यस्तै अलराउण्डर हार्दिकले सोमपाललाई र प्रशिक्षक राहुल द्रविडले दीपेन्द्रलाई मेडल लगाइदिएका थिए ।
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय(टीयू) क्रिकेट...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गरेका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend