Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • भारतविरुद्ध ३८ रन बनाएर कुशल भुर्तेल आउट भए


    सोमबार, भाद्र १८ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत नेपालले टेष्ट राष्ट्र भारतविरुद्ध राम्रो सुरुवात गरेको छ ।

    टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले साझेदारी बढाउँदै लगेका छन् ।

    नेपालले ९.५ ओभरमा पहिलो विकेट गुमाएको छ ।

    कुशल २५ बलमा ३८ रन बनाएर आउट भएका छन् । ९.५ ओभरको खेल सकिँदा नेपालले एक विकेट गुमाएर ६५ रन जोडेको छ । ओपनर आसिफ शेख २२ रनका साथ क्रिजमा छन् भने उनलाई साथ दिन भीम सार्की आएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार