काठमाडौं । गत नोभेम्बर २२ मा मानव जनसंख्याले ८ अर्ब नाघेको छ । मानिसले अहिले पृथ्वीमा आधिपत्य जमाएको छ र मानवीय क्रियाकलापका कारण प्राकृतिक सन्तुलन बिथोलिँदा कैयौं जीवजन्तु लोप भएका छन् । तर पृथ्वीमा एकछत्र राज्य गरिरहेका आधुनिक मानवका पूर्वजहरू कुनै बेला झन्डै विलुप्त हुने संघारबाट गुज्रिएको चिनियाँ वैज्ञानिकहरूले गरेको एक अध्ययनले देखाएको छ ।
आधुनिक मानवका ३ हजार नमुनाको आनुवंशिक उपक्रम ( जिनोम सिक्वेन्स ) अध्ययनले ९ लाख ३० वर्षअघि प्रतिकूल वातावरणीय अवस्था, जलवायुमा आएको अकस्मात् परिवर्तनलगायत अन्य कारणले पृथ्वीमा प्रजननयोग्य मानव पूर्वजको जनसंख्या १२ सय ८० मा खुम्चिएको वैज्ञानिक जर्नल साइन्समा गत साता प्रकाशित प्रतिवेदनमा उल्लेख छ ।
यो नतिजामा पुग्न वैज्ञानिकहरूले समान प्रजातिमा जनसांख्यिक उद्विकास कसरी भयो भनेर समीक्षा गर्न राइट फिसर मोडलका आधारित रहेको कोएलेसेन्ट विधिको अवलम्बन गरेका थिए। हजारौं वर्षअघि भएको जनसंख्यागत उतारचढाव आधुनिक मानवको आनुवंशिक उपक्रममा मुखरित हुने आधारमा चिनियाँ वैज्ञानिकले यो अध्ययनका लागि जनसङ्ख्या आङ्कलन गर्ने फिटकोल नामक अनुसन्धानात्मक उपकरणको सहायता लिएका थिए । आजको नागरिक दैनिकमा समाचार छ ।
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend