Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अभद्र व्यवहार गरेको अभियोगमा दुई जना पक्राउ


    मंगलबार, असोज १३ २०७७
    875
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • ताप्लेजुङ । होटल सञ्चालन गरी असामाजिक क्रियाकलाप गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।

    ताप्लेजुङ सदरमुकाम फुङ्लिङको वीरेन्द्र चोकमा होटल सञ्चालन गरी अनावश्यक रुपमा मादकपदार्थ सेवन गरेर होहल्लालगायत शान्ति सुरक्षामा असर पुग्ने कार्य गरेको अभियोगमा होटल सञ्चालिका र अर्का एक पुरुषलाई प्रहरीले पक्राउ गरेको हो ।

    गत असोज १० गते पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धान गरी अभद्र व्यवहार गरेको मुद्दा दर्ता गरेर कानूनी कारवाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । पक्राउ परेका दुबै जनाको नाम भने गोप्य राखिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार