Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • ठगीको यस्तो रुप: ब्रोइलर कुखुरालाई मेहेन्दी लगाएर ‘लोकल’ को भाउमा बेच्दै


    मंगलबार, असोज १३ २०७७
    715
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं। ‘ठगका अनेक दाउ’ भन्ने उक्ति काठमाडौंको एक घटनाले पुन: पुष्टि गरेको छ । 

    काठमाडौंको कलंकीमा ब्रोइलर कुखुरालाई रंग्याएर लोकल कुखुरा भन्दै बेच्ने गिरोहलाई प्रहरीले पक्राउ गरेपछि यो घटना बाहिरिएको हो । ठगी गर्ने सो गिरोहका तीन महिलासहित एक पुरुषलाई महानगरीय प्रहरी वृत्त कालिमाटीले पक्राउ गरेको छ ।

    वृत्तले रंग लगाएर बेच्‍न ठिक्क पारिएका ३६ सय ५० चल्ला, रंग लगाउन तयारी अवस्थामा राखिएका २४ हजार ९ सय ५० चल्लासहित ३ महिला र एक पुरुषलाई कलंकीबाट पक्राउ गरेको हो ।

    वृत्तका अनुसार चितवनबाट ल्याइएका कुखुराका चल्लालाई कृत्रिम रंग दलेर लोकल कुखुरा भन्दै महँगो भाउमा बेचिरहेको सूचनाका आधारमा प्रहरीले काठमाडौंका विभिन्‍न पोल्ट्री सप्लायर्समा छापा मार्दा उनीहरु पक्राउ परेका हुन् । प्रहरीले उनीहरुको साथबाट प्रयोग भैसकेका दर्जनौं मेहन्दीका खोल र प्रयोग गर्न राखिएका केही प्याकेट मेहेन्दीका खोल समेत बरामद गरेको छ । प्रहरीका अनुसार १० रुपैयाँ प्रतिगोटामा किनेको चल्लालाई रंग लगाएपछि ६० देखि डेढ सय रुपैयाँसम्ममा बेच्दै आएका थिए ।

    वृत्तले रंग लगाएर बेच्‍न ठिक्क पारिएका ३६ सय ५० चल्ला, रंग लगाउन तयारी अवस्थामा राखिएका २४ हजार ९ सय ५० चल्लासहित ३ महिला र एक पुरुषलाई कलंकीबाट पक्राउ गरेको हो ।

    वृत्तका अनुसार चितवनबाट ल्याइएका कुखुराका चल्लालाई कृत्रिम रंग दलेर लोकल कुखुरा भन्दै महँगो भाउमा बेचिरहेको सूचनाका आधारमा प्रहरीले काठमाडौंका विभिन्‍न पोल्ट्री सप्लायर्समा छापा मार्दा उनीहरु पक्राउ परेका हुन् । प्रहरीले उनीहरुको साथबाट प्रयोग भइसकेका दर्जनौं मेहन्दीका खोल र प्रयोग गर्न राखिएका केही प्याकेट मेहेन्दीका खोल समेत बरामद गरेको छ । प्रहरीका अनुसार दस रुपैया प्रतिगोटामा किनेको चल्लालाई रंग लगाएपछि ६० देखि डेढ सय रुपैयाँसम्ममा बेच्दै आएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार