Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोरोनाका कारण धरानमा ६८ वर्षीय पुरुषको मृत्यु


    मंगलबार, असोज १३ २०७७
    600
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सुनसरी । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमित पुरुषको मंगलबार बिहान मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको सुनवर्षी नगरपालिका–७ का ६८ वर्षीय पुरुष रहेका छन् ।

    मृतक पुरुष विराटनगरको नोबेल मेडिकल कलेजमा रिफर गरिएपछि प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । मृतक पुरुषको स्वाब संकलन गरेर नोबेल कलेजमै पीसीआर जाँच गर्दा असोज ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

    ज्वरो, खोकी, श्वासप्रश्वासमा कठिन भएपछि कोभिड अस्पतालको भेण्टिलेटरसहितको आईसीयूमा राखेर उपचार गर्दागर्दै संक्रमित पुरुषको मुत्य भएको थियो । योसहित बीपी प्रतिष्ठानमा उपचार गर्दागर्दै मृत्यु हुने संक्रमितको संख्या ३६ पुगेको छ ।

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार