Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • कोरोना महामारीका कारण पेरूको समग्र स्वास्थ्य प्रणाली नै सङ्कटमा


    मंगलबार, असोज १३ २०७७
    665
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • लिमा। कोरोनाभाइरसको विश्वव्यापी महामारीका कारण पेरुको स्वास्थ्य प्रणाली नै जोखिममा रहेको स्वास्थ्य मन्त्री पिलार मज्जेतीले सोमबार चेतावनी दिएका छन् । पहिलो लहरको कोरोना भाइरस सङ्क्रमण केही साम्य हुने क्रममा रहेको तर अक्टोबरमा १ देखि पेरूमा सामाजिक तथा आर्थिक गतिविधिहरू सुरू भएसँगै दोस्रो प्रकोपको जोखिम बढ्ने चेतावनी उनले स्थानीय सञ्चारमाध्यमसँगको कुराकानीमा बताए । 

    “यदि हामीले यसलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न सकेनौँ भने दोस्रो लहरको महामारी बढ्ने जोखिम हुनेछ जसले पेरूको स्वास्थ्य सेवा प्रणालीमा नै व्यापक असर पर्नेछ ।”   स्वास्थ्यसँग सम्वद्ध सबै निकायको सहकार्यका कारण कैयौ नियन्त्रणका उपाय सफल भएको र उच्च रक्तचाप, मधुमेह तथा मृगौलासम्बन्धी समस्याजस्तै दीर्घकालीन रोगका लागि समस्या नआएको तर सचेतना र सतर्कता नभएमा स्वास्थ्य प्रणाली प्रभावित हुने उनको भनाइ थियो । 

    सोमबारसम्ममा पेरूमा सङ्क्रमितको सङ्ख्या आठ लाख आठ हजार ७१४ पुगेको छ भने ३२ हजार ३२४ सङ्क्रमितको मृत्यु भएको छ । सिन्ह्वा

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार