Nepal Face
  • बुधबार, १९ कार्तिक २०८३
  • पाल्पाको जोर्तेमा जिप दुर्घटना, ६ जना घाइते


    शनिबार, भाद्र १६ २०८०
    990
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • पाल्पा। पाल्पाको तानसेन नगरपालिका-१२, बौघापोखराथोक जोर्तेमा भएको जिप दुर्घटनामा ६ यात्रु घाइते भएका छ्न् । बुटवलबाट पाल्पा हुँदै गुल्मीको दिगाम जाँदै गरेको बा१६ च ४३७३ नम्बरको जिप जोर्तेमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

    जिप दुर्घटनामा घाइते सबैलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पठाइएको प्रहरीले जनाएको छ। घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

    उक्त दुर्घटना तानसेन बाइपास सडक जोर्ते-लुहुङ्ग खण्डमा भएको हो । दुर्घटनाग्रस्त जिप सडकदेखि करिब ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए ।

    तानसेन -रिडी सडकमा ढुंगा पन्छाउने र स्तरोन्नतिको काम भएकोले सवारी साधनलाई प्रहरीले बाइपास सडक प्रयोग गरेर पठाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार