Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सिरहामा स्रोत नखुलेको ४४ लाख रुपैयाँसहित दुई जना पक्राउ


    शनिबार, भाद्र १६ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • सिरहा। सिरहाको माडरस्थित कालीचौकबाट स्रोत नखुलेको ४४ लाख रुपैयाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार सिरहा नगरपालिका–१७ माडरस्थित कालीचौकमा शुक्रबार जाँच गर्ने क्रममा बीआर ७ एस ४२२४ नम्बरको कारको सिटमुनि लुकाई राखेको अवस्थामा स्रोत नखुलेको ४४ लाख रुपैयाँ बरामद भएको हो ।

    जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता एवं डिएसपी रविन्द्रराज पाण्डेका अनुसार स्रोत नखुलेको रकमसहित कार चालक सिरहा नगरपालिका–१७ माडरका ५२ वर्षीय प्रेमकुमार यादव र ७ नम्बर वडाका ४२ वर्षीय सञ्जयकुमार साहलाई नियन्त्रण लिइएको हो ।

    बरामद गरिएको रकमसहित दुवैजनालाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय इटहरी पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार