हेटौंडा । बागमती प्रदेश सभाकी सदस्य तथा नेकपा मकवानपुरकी अध्यक्ष मुनु सिग्देल खतिवडालाई कोरोना संक्रमण पुष्टि भएको छ।
सिग्देल पूर्व मिस नेपाल श्रृंखला खतिवडाकी आमा तथा प्रतिनिधि सभा सांसद विरोध खतिवडाकी श्रीमती हुन् ।
असोज ५ गते हेटौंडाबाट काठमाडौ गएपछि रुघाखोकी लागेर लक्षण देखिएपछि पीसीआर परीक्षण गर्दा पोजेटिभ आएको सिग्देलले बताइन्। सिग्देल काठमाडौंमै होम आइसोलेसन रहेको बताइएको छ।
अहिले उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ । सिग्देलको परिवारका सदस्यहरुमा भने कोरोना देखिएको छैन।