Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रोनाल्डोको त्यो दुई गोलले अल नासर विजयी


    बुधबार, भाद्र १३ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । साउदी प्रो लिग अन्तर्गत अल नासरले लगातार दोस्रो जित हात पारेको छ । गएराती सम्पन्न खेलमा अल नासरले अल शबाबलाई ४-० गोल अन्तरले पराजित गर्दै आफ्नो जित हासिल गरेको हो ।

    अल नासरको जितमा क्रिस्टियानो रोनाल्डोले २ गोल गरे भने साडियो माने र सुल्तान अल घन्नमले एक गोल गरेका थिए । यस खेलमा रोनाल्डोले मानेको गोल असिस्ट पनि गरेका थिए ।

    यस सिजनको लिगमा रोनाल्डोको यो पाँचौं गोल हो । यसका साथै रोनाल्डो साउदी लिगमा यस सिजनमा सर्बाधिक गोल गर्ने खेलाडी पनि बनेका छन् । साथै उनले यस सिजनमा २ गोल असिस्ट गरिसकेका छन् ।

    त्यस्तै खेलको ७८औं मिनेटमा अल शबाबका एभर बनेगाले रातो कार्ड पाएपछि १० खेलमा सिमित भएको थियो ।

    यो अल नासरको साउदी लिगमा लगातार दोस्रो जित हो । यो जितपछि ४ खेलमा अल नासरको ६ अंक भएको छ र लिगमा छैटौं स्थानमा उक्लिएको छ ।

    त्यसैगरी अल शबाबको भने यो दोस्रो हार हो । यो खेलपछि अल शबाबको ४ खेलमा २ अंक रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार