Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मानिसको मस्तिष्कमै जिउँदो जुका भेटिएपछि


    बुधबार, भाद्र १३ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। विश्वमै पहिलो पटक एक जना अस्ट्रेलियाली महिलाको मस्तिष्कमा ८ सेमी (३ इन्च) को जुका जिउँदै भेटिएको वैज्ञानिकहरूले उल्लेख गरेका छन् ।

    बीबीसीमा प्रकाशित समाचार अनुसार गत वर्ष अस्ट्रेलियाको क्यानबेरास्थित एक अस्पतालमा शल्यक्रिया गर्दा बिरामीको क्षतिग्रस्त मस्तिष्कको अगाडिको भाग (फ्रन्टल लोब)बाट धागो जस्तो संरचना निकालिएको थियो।

    उनको उपचारमा संलग्न चिकित्सकहरूका अनुसार महिलालाई विभिन्न प्रकारका नौला लक्षणहरू देखिएका थिए जुन सामान्यतया देखिन्न । पेट दुख्ने, खोकी लाग्ने र राति पसिना आउने, बिर्सने समस्या र डिप्रेसनमा परिणत हुँदै गएको थियो ।

    रातो परजीवी त्यहाँ दुई महिना अघिदेखि रहेको हुनसक्ने अनुमान गरिएको छ । यो केसले जनावरबाट मानिसमा सर्ने रोग र संक्रमणको खतरा बढ्दै गएको पुष्टि हुने अनुसन्धानकर्ताहरूको दाबी छ ।

    क्यानबेरा अस्पतालका संक्रामक रोग विशेषज्ञ सञ्जय सेनानायकेले भने, ‘त्यस शल्यक्रिया कक्षभित्र भएका सबैजना त्यो देखेर चकित परेका थिए । सर्जनले त्यसलाई निकाल्न फोरसेप समाते र त्यसलाई निकाले जुन ८ सेन्टिमिटरको हल्का रातो रंगको जुगा थियो ।’

    ओफिडास्कारिस रोबर्ट्सी राउन्डवर्म कार्पेट पाइथन (अजिंगर)मा सामान्यतया देखिने जुका हो । यो गैरविषालु सर्प अस्ट्रेलियाको धेरै भागमा पाइन्छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार