Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मोरङमा थपिए १३० कोरोना संक्रमित


    सोमबार, असोज १२ २०७७
    755
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । मोरङका विभिन्न स्थानमा थप १ सय ३० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

    कोशी अस्पताल र प्रदेश प्रयोगशाला विराटनगरमा गरिएको स्वाब परीक्षणमा ५१ महिला र ७९ पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको हो । यो संख्या मोरङमा एकैदिन संक्रमित हुनेको हालसम्मकै धेरै हो ।

    समुदायस्तरमा संक्रमण देखिएको विराटनगरमा एकैदिन १ सय ३० जना थपिएपछि मोरङमा संक्रमितको संख्या २ हजार १ सय ८६ पुगेको छ ।

    विराटनगरमा संक्रमितमध्ये २३ जनाको मृत्यु भइसकेको छ । प्रदेश १ मा यसअघि एकैदिन १ सय ८१ कोरोना संक्रमित थपिएका थिए । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ हजार ४ सय ३६ पुगेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार