Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ३४ वर्षदेखि फरार अभियुक्त पक्राउ


    सोमबार, असोज १२ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सिन्धुपाल्चोक । चौँतीस वर्षअघि अपराध गरी फरार भएका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । साविक ठूलोपाखर गाविस–३ हाल लिशङ्खुपाखर गाउँपालिका–७ बस्ने वर्ष वर्षीय फुर्पा तामाङलाई प्रक्राउ गरेको हो ।

    विसं २०४३ असोज २० गते दशैँको सामान किन्न डाँडापाखर बजार आएका २४ वर्षीय जोगलाल तामाङको फुर्पाले बाटो ढुकी लाठी तथा खुकुरी प्रहार गरी हत्या गरेका थिए । हत्या गरी फरार रहेका उनलाई जिल्ला अदालत चौताराले दोषी ठहर गरी सजाय तोकेको थियो । हत्याको ३४ वर्षपछि जिल्ला प्रहरी कार्यालय चौतारा र प्रहरी चौकी लामोसाँघुबाट खटएिको टोलीले आइतबार दिउँसो पक्राउ गरेको प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताउनुभयो । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार