Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आजको मौसम : लगातारको झरी आजदेखि कम हुँदै जाने


    सोमबार, भाद्र ११ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं : देशका केही भू–भागमा आज सोमबार पनि वर्षाको सम्भावना छ। तर लगातारको वर्षा भने कम हुँदै गएको छ। पश्चिम क्षेत्रबाट मौसममा क्रमिक सुधार हुँदै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको ​छ।

    सोमबारकेही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बिहान कोशी प्रदेशमा सामान्य बदली छ। बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली छ। कोशी र बागमती प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।

    महाशाखाका अनुसार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । पहाडी भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र बाँकी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।

    कोशी, मधेस र लुम्बिनी प्रदेशका तराईका एकदुई स्थानमा हावाहुरीको सम्भावना छ।

    विभागले राति देशभर आंशिकदेखि सामान्य बदली रहन बताएको छ । कोशी, वाग्मती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार