काठमाडौँ। पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान सरकार विकासको ठोस नीति लिएर अघि बढ्न नसकेको बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित समाजवादी प्रेस संगठन नेपाल दोस्रो स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले सरकारले ल्याएको बजेट,नीति तथा कार्यक्रम परम्परागत विधिबाट नै ल्याएको र जनताको आवश्यकताको आधार अघि बढ्न नसकेको बताए ।
सरकार देशका उत्पादन र कृषिलाई अगाडि बढाउने कुनै ठोस् नीति लिएर अगाडि बढ्न नसकेको भन्दै उनले हिजोकै नवउद्दारवादी चिन्तनको धरातलबाट दौडी रहेको टिप्पणी गरे ।
उनले भने, ‘मानिसको जीवन झन् झन् सङ्कटमा पर्दै गएको छ । देशका उत्पादनलाई कसरी बढाउने कृषिलाई कसरी अगाडी बढाउने यो कुरामा सरकारले कुनै ठोस् नीति लिएर अगाडि बढ्न सकेको छैन । परम्परागत विधिमा नै छ । अहिलेका जुन नीति र कार्यक्रम छन् । बजेटहरू आएका छन् नयाँ केही देखिन हिजोकै नवउद्दारवादी चिन्तन नै हो । त्यसकै धरातलबाट नै सरकार दौडी रहेको छ ।’
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend