Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • अबरुद्ध चित्लाङ–थानकोट सडक खुला


    आइतबार, असोज ११ २०७७
    940
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । अविरल वर्षाका कारण ठाउँठाउँमा पहिरो खस्दा अवरुद्ध चित्लाङ–थानकोट सडक खुलेको छ । गत बुधबारदेखि अवरुद्ध  सडकका ठाउँठाउँमा थुप्रिएको पहिरो पन्छाउने कार्य आज सकिएपछि सडक पुनः सञ्चालनमा आएको हो ।

    मकवानपुरको थाहानगरदेखि काठमाडाँैँको थानकोट जोड्ने गणेशमान मार्गअन्तर्गत चित्लाङ–थानकोट खण्डमा गत हप्ताको भारी वर्षाले ठाउँठाउँमा पहिरो गएको थियो । अहिले सडक चलेपछि उक्त सडकबाट सवारी साधन चल्न थालेको प्रहरीले जनाएको छ  ।

    सडक अवरुद्ध भएपछि थाहानगरवासीलाई सबैभन्दा छोटो मार्ग भएर काठमाडौँ जान समस्या भएको थियो । समस्या सुल्झाउने क्रममा काठमाडौँका प्रदेशसभा सदस्य रमा आले मगर, मकवानपुरका तत्कालीन संविधानसभा सदस्य सुभाषचन्द्र ठकुरी, थाहा होटल एशोसिएशनका उपाध्यक्ष रामशरण नेपाललगायत पहिरोस्थलमा पुग्नुभएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार