Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • घुस लिएको आरोपमा चार प्रहरी निलम्बित


    आइतबार, असोज ११ २०७७
    905
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । जिल्ला प्रहरी कार्यालय झापाले मल तस्करसँग घुस लिएको आरोपमा असईसहित चार प्रहरीलाई निलम्बन गरेकाे छ । झापाको दमकमा कार्यरत असईसहित भरत कोइराला, हवल्दार शिवचन्द्र मुखिया, जवान भिमलाल चौधरी र जवान मनकुमार रुवाल निलम्बनमा परेका हुँन् ।

    उनीहरुले तस्करीको मल बोकेको ट्याक्टर ताराबारी ढाटमा पक्राउ गरेका थिए । मलको बिल नभएकोले तस्करीको भएको पुष्टि भएको थियो ।

    तर, माथिल्लो निकायलाई जानकारी नै नदिई ढाटमा कार्यरत प्रहरीले ट्याक्टर छाडिदिएका थिए । ६५ हजार घुस लिएर छाडेको खुलेपछि निलम्बन गरेर कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

    सीमा बन्द भएपनि तराईका जिल्लाहरुमा तस्करी रोकिएको छैन । कडाईको बहानामा पछिल्लो समय नाकामा घुसखोरी बढेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार