Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एका बिहानै बागमती नदीमा र्‍याफ्टिङ सरर…


    शनिबार, भाद्र ९ २०८०
    3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आज बागमती नदी संरक्षण अभियानलाई प्रभावकारी बनाउन र्‍याफ्टिङ गरेर नदी महोत्सव गरिएको छ ।

    नेपाल एशोसिएसन अफ र्याफ्टिङ एजेन्सीज् (नारा), नेपाल नदी संरक्षण संस्था र फ्रेन्डस क्लब कुपण्डोलको आयोजनामा शनिबार ‘नदी महोत्सव तथा महाजलयात्रा’ गरिएको हो । महोत्सव बाजागाजासहित सुरु गरिएको थियो ।

    नाराका उपाध्यक्ष शिशिर खनालले बागमती नदी सभ्यताको पहिचान, संरक्षण र संवर्द्धनका साथै र्याफ्टिङ र जल पर्यटनको उजागर गर्नका लागि र नदी महोत्सव तथा महाजलयात्रा गरिएको जानकारी दिए।

    ललितपुरको कुपण्डोलस्थित वाग्मती पुलबाट बिहान ७ः०० बजेदेखि महाजलयात्रामा १५ वटा डुङ्गामार्फत जलयात्रा गरिएको उपाध्यक्ष खनालले बताए । काठमाडौँ सहरका साथै वाग्मती नदीको वातावरण दूषित भएको भन्दै महोत्सव आयोजना गर्न गरिएको उनको भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार