Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • एसिया कपअघि अफगानिस्तानमाथि पाकिस्तानको एक विकेटको रोमान्चक जित


    शुक्रबार, भाद्र ८ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । अफगानिस्तानमाथि जारी ३ खेलको एकदिवशीय शृंखला पाकिस्तानले जित्ने पक्का गरेको छ । दोस्रो खेलमा बिहीबार राति एक विकेटको रोमान्चक जित हात पार्दै पाकिस्तान शृंखलामा २-० ले अगाडि बढेको हो ।

    पाकिस्तानले ३ सय १ रनको लक्ष्य एक बल बाँकी रहँदा ९ विकेट गुमाएर पूरा गर्‍यो । पाकिस्तानको जितमा इमाम उल हकले ९१, कप्तान बाबर आजमले ५३ र सदाब खानले ४८ रन बनाए । त्यसअघि अफगानिस्तानको पालीमा रमातुल्लाह गुरबाजले १५१ र इब्राहिम जद्रानले ८१ रन बनाएका थिए । उनीहरूले पहिलो विकेटका लागि २ सय २७ रनको साझेदारी गरेका थिए ।

    विशाल लक्ष्य पछ्याउनेक्रममा पाकिस्तानले जितका लागि २९ रन आवश्यक रहेका बेला नवौँ विकेट गुमाएको थियो । सदाब खानले ४९ औँ ओभरको पाचौँ र छैटौँ बलमा छक्का र चौका प्रहार गरेपछि पाकिस्तानलाई अन्तिम ओभरमा ११ रन चाहिएको थियो । अन्तिम बलमा तीन रन आवश्यक रहेका बेला नसिम शाहले फजलहक फारुकीलाई चौका प्रहार गरेका थिए । आगामी साता एसिया कप सुरू हुँदै छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार