काठमाडौँ । सामाजिक सञ्जाल र मिडियामार्फत अनेक किसिमले प्रताडित भइन्– नायिका करिस्मा मानन्धर। सहनै नसक्ने अवस्थामा पुगेपछि उपचार खोज्दै उनी नेपाल प्रहरीको साइबर ब्युरो पुगिन् आफूमाथि साइबर हिंसा गर्नेलाई कारबाही गराउन माग गर्दै अदालतसम्म पुगिन्।
उनले भनिन्, “म सार्वजनिक व्यक्ति त हुँ तर मेरो पनि आफ्नो निजी जीवन छ, जोसुकैले जथाभाबी रूपमा भन्न वा लेख्न पाइन्न भनेर म उपचार खोज्न गएकी हुँ।”
कोशी प्रदेश सभा सदस्य मीना श्रेष्ठ पनि यस्तो हिंसाबाट पीडित छन्। प्रदेश नामकरणको विषयलाई लिएर आफूमाथि अनेकौँ लान्छना सामाजिक सञ्जाल र अनलाइन मिडियामार्फत आइरहेको उनले बताइन् ।
उनीहरू अनलाइन हिंसा भोग्ने प्रतिनिधि पात्र हुन्। कतिपय अवस्थामा कहाँ जाने र के गर्ने भन्ने अन्योलले पनि हिंसा भोग्नेहरू चुप लाग्नु परेको बाध्यता अपाङ्ग महिला सङ्घकी देवु पराजुली बताउछिन्। उनको संस्थामा रहेका हिंसापीडित अपाङ्गता भएका महिलामाथि नै दाता बनेर आएका प्रतिष्ठित व्यक्तिले नै थप हिंसा गर्न खोजेको बताइन् । पराजुलीले भनिन्, “प्रहरीमा जाँदा जुन देशमा बस्ने हो, त्यहीँको कानुन आकर्षित हुने भएकाले त्यतै जान भन्नुहुन्छ। कहाँ गएर के गर्ने अन्योलमा छौँ।”
केही समयअघि सहयोग गर्छु भन्दै क्यानडाका लागि शान्तिदूत तोकिएका एक प्रतिष्ठित व्यक्तिले सामाजिक सञ्जालमार्फत आफूकहाँ रहेका युवती र महिलामाथि हिंसाजन्य क्रियाकलाप गर्न खोजेको उनको आरोप छ। अनलाइनमार्फत हुने हिंसाको सिकार हुने पत्रकार महिलाको सङ्ख्या पनि उच्च छ। शिक्षित व्यक्तित्व, व्यवसायी, प्रहरी र कम साक्षर महिला हरेक दिनजसो ठुलो सङ्ख्यामा अनलाइन हिंसाको सिकार हुन बाध्य छन्। यो समाचार गोरखापत्र दैनिकमा छ ।
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय(टीयू) क्रिकेट...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गरेका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन...
काठमाडौँ। उदयपुरको कटारीमा जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। कटारी नगरपालिका-४ मरुवास्थित सिद्धिचरण राजमार्गमा सोमबार दिउँसो प्र।३–०१–०२३ च ६५०६ नम्बरको बोलेरो जिप दुर्घटनामा...
काठमाडौँ। चलचित्र विकास बोर्डको अध्यक्षमा मनिष पण्डित नियुक्त भएका छन्। असोज ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले पण्डितलाई नियुक्त गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको...
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend