Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रदेश नं १ र २ मा ठूलाे पानी पर्ने सम्भावना


    आइतबार, असोज ११ २०७७
    685
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आइतबार  प्रदेश नं १ र २ का केही ठाउँमा ठूलाे पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  

    भारतको बिहारमा बनेको न्यून चापीय क्षेत्र उत्तर–पूर्व सर्ने क्रममा आइतबार प्रदेश नं १ र २ का केही ठाउँमा ठूलाे पानी पर्ने सम्भावना रहेकाे मौसमविद् समीर श्रेष्ठले बताए । 

    यस वर्ष मनसुन अक्टोबरको पहिलो हप्ताबाट बाहिरिने मौसमविद्को अनुमान छ । यस अवधिमा कुनै नयाँ प्रणाली विकसित नभए झरी तथा ठूलाे पानी पर्ने सम्भावना नरहेको बताइएको छ ।

    अहिले प्रदेश नं १ मा पूर्ण बदली रही बाँकी प्रदेशमा सामान्य बदली रहेको छ । राति प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रही एक वा दुई ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

    मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आइतबार काठमाण्डाै उपत्यकाको न्यूनतम तापक्रम १८ दशमलव आठ र अधिकतम तापक्रम २९ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ । त्यस्तै सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम ११ दशमलव नौ डिग्री र सबैभन्दा धेरै नेपालगञ्जको अधिकतम तापक्रम ३४ दशमलव चार डिग्री सेल्सियस रहेको छ ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार