Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • कांग्रेस सांसद श्रेष्ठमा कोरोना संक्रमण पुष्टि


    आइतबार, असोज ११ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधि सभामा सांसद रहेका उमेश श्रेष्ठमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

    शनिबार गरिएको परीक्षणमा आफूलाई कोरोना पुष्टि भएको सांसद श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत जनाएका छन्।

    रिपोर्ट पोजेटिभ आएसँगै आफू होम आइसोलेनसमा बसेको श्रेष्ठले बताएका छन्। उनले लेखेका छन्, ‘शनिबार गरिएको परीक्षणको आज प्राप्त रिपोर्टमा मलाइ कोरोना संक्रमण पुष्टि भएको छ। अहिले म होम आइसोलेसनमा बसेको छु।’

    श्रेष्ठले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको उल्लेख गर्दै आफूसँग प्रत्यक्ष भेटघाट र सम्पर्कमा रहेका सबैलाई सजगता अपनाउनसमेत आग्रह गरेका छन्। श्रेष्ठ लिटल एन्जल्स स्कुलका सञ्चालकसमेत हुन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार