Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • कोरोनाका कारण चाँगुनारायणमा एकजनाको मृत्यु


    आइतबार, असोज ११ २०७७
    780
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • भक्तपुर । चाँगुनारायण नगरपालिका (चानपा) मा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ।  काभ्रेको धुलिखेल अस्पतालमा उपचार गराइरहेका चानपा–२ झौखेलका ८८ वर्षीय पुरुषको शनिबार मृत्यु भएको  हो।

    चानपामा कोरोनाबाट पहिलो मृत्यु भएको हो। चानपाका प्रमुख सोमप्रसाद मिश्रका अनुसार मृतक पुरुषमा मृत्युपछि कोरोना पुष्टि भएको हो। जिल्लाको अन्य नगरपालिकाको तुलनामा कोरोना संक्रमण दर न्यून रहेको छ । 

    योसँगै भक्तपुरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २५ पुगेको छ। यहाँका १८ पुरुष र ७ महिला गरी २५ जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भैसकेको छ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार