Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • बाल सुधार गृहबाट भागेका १७० जना प्रहरी नियन्त्रणमा


    सोमबार, भाद्र ४ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । भक्तपुरको सानोठिमीस्थित युसेफको बालसुधार गृहबाट भागेकामध्ये १७० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सुधार गृहबाट भागेकामध्ये काठमाडौं प्रहरीले ८७ र भक्तपुर प्रहरीले ८३ जलाई विभिन्न स्थानबाट नियन्त्रणमा लिएका हो।

    विभिन्न कसुरमा मुछिएर सुधार गृहमा रहेकामध्ये ५१ जना फरार रहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । सुधार गृहमा २९७ जना बालबालिका रहेका थिए । जसमध्ये ७६ जना भागेका थिएनन् । त्यसमध्ये पनि ५ जना उपचारमा रहेको प्रहरीले जनाएको छ ।

    फरार रहेकाहरूको खोजीका लागि सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ । आइतबार उक्त सुधार गृहमा एक बालकको मृत्यु भएको थियो । त्यसपछि उनका आफन्तले गेटमा प्रदर्शन गर्नुका साथै तोडफोडसमेत गरेको थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार