Nepal Face
  • मंगलबार, १८ कार्तिक २०८३
  • फुटबलर विमल घर्ती मगरले विवाह गरे


    सोमबार, भाद्र ४ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडाैँ। नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्इकर विमल घर्ती मगर वैवाहिक बन्धनमा बाँधिएका छन् । उनले भद्रकाली मन्दीरमा आफ्नी प्रेमिका लिना प्रधानसँग विवाह गरेको सामाजिक सञ्जालमार्फत फोटो सार्वजानिक गरेका हुन्।

    विमले हिजो आइतबार काठमाडौंको भद्रकाली मन्दिरमा परिवारजनको उपस्थितिमा सामान्य तरिकाले विवाह गरे लिना र विमलबीच लामो समयदेखि प्रेम सम्बन्ध रहेको थियो। उनले एएफसी कप छनोटको प्लेअफ अन्तर्गत पारो एफसीविरुद्ध प्लेयर अफ द म्याच बनेपछि लिनालाई नै गोल समर्पण गर्दै खुसी साँटेका थिए।

    प्रेमिका विदेश जाने तयारीमा रहेको जनाइएको छ। उनले शुक्रबारबाट केही दिनका लागि राष्ट्रिय टिमको क्लोज क्याम्पबाट विदा लिएका थिए। यद्यपि उनले विवाह बारे आफ्ना सहकर्मीहरुलाई भने कुनै जानकारी दिएका थिएनन्।

    राष्ट्रिय टिममा विमलले सन् २०१२ मा बंगलादेशविरुद्ध खेल्दै डेब्यु गरेका थिए। उनी त्यसयता राष्ट्रिय टोलीमा अधिकासं समय रहँदै आएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार