काठमाडौं । राजस्व अनुसन्धान विभाग, नेपाल प्रहरी र भन्सार विभाग चनाखो हुन थालेपछि सुन तस्करले नयाँ रुटबाट सुन तस्करी गर्न थालेका छन् । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कडाइ गरेपछि तस्कर अन्य उपायमा लागेका हुन् । विमानस्थलको भन्सार विभागमा कार्यरत कर्मचारी नै पक्राउ परेपछि तस्करको चेन पनि भत्किएको छ ।
मिलेमतोमा र घुस लेनदेन मिलाएर तस्करी हुँदै आएकोमा सरकारले कडाइ गरेपछि तस्करले हवाइ मार्ग छाडेर स्थलमार्गबाट तस्करी गर्न थालेका छन् । तस्करले चीनबाट नेपालमा सुन भित्र्याउन कुनै मालवाहक गाडीको प्रयोग नगरीकन सामान्य व्यक्तिलाई हिँडाएर सुन तस्करी गराउन थालेका छन् ।
सिन्धुपाल्चोकको गोसाइकुण्ड गाउँपालिका–५, स्याफ्रुबेंसीबाट प्रहरीले पैदलयात्री सुदीप शेर्पालाई बिस्कुट आकारको २ थानमा लुकाइछिपाइ ल्याएको सो धातुसहित फेला पारेपछि तस्करको नयाँ शैली बाहिरिएको हो । प्रहरीले जाँच गर्ने क्रममा टिमुरेबाट स्याफ्रुबेंसीतर्फ आउँदै गरेका सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिका–५ पोखरी बस्ने २४ वर्षीय सुदीप शेर्पा पक्राउ परेका हुन् ।
शेर्पाबाट २ केजी सुन बरामद गरिएको थियो । उनीसँगै सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिका–१ बस्ने फुस्याङबु शेर्पा पनि पक्राउ परेका छन् । सुरुमा सुदीप शेर्पा पक्राउ परेकोमा पनि उनका भिनाजु नाता पर्ने फुस्याङबु शेर्पा समेतको संलग्नता रहेको खुल्न आएपछि रसुवाको टिमुरेबाट फुस्याङबु शेर्पालाई समेत प्रहरीले पक्राउ गरेको हो ।
यसैबीच, चिनियाँ, नेपाली र भारतीय तस्करले भित्र्याएको सय केजी सुन गालेर पगालेर गुणस्तर परीक्षण गर्दा शतप्रतिशत शुद्ध सुन रहेको पाइएको छ । यो समाचार राजधानी दैनिकमा छ ।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। बङ्गालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणाली चक्रवात आँधी) परिणत भई त्यसको प्रभाव नेपालमा पनि पर्ने भएको छ। मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका लागि अनलाइन टिकट बुकिङ खुलेको आधा घण्टामै टिकट सकिएको छ। प्रतियोगिताको आधिकारिक टिकटिङ...
काठमाडौँ। नयाँ दिल्लीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच संक्षिप्त भेटवार्ता भएको छ। अर्थ मन्त्रालयका अनुसार नयाँ दिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित...
काठमाडौं । सरकारले मुख्यसचिव र सचिवहरूलाई सवारीसाधन खरिदका लागि ६० लाख रुपैयाँसम्म ऋण व्यवस्थापन गर्ने भएको छ । सरकारी कर्मचारीका लागि सवारीसाधन व्यवस्थापन सम्बन्धि निर्देशिका,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend