काठमाडौं । बोरामा हालेर एक बालक र एक बालिकालाई भारततर्फ तस्करी गर्न लागेका एक जना पक्राउ परेका छन् । बालिकालाई बन्धक बनाएर भारततर्फ लग्ने क्रममा सिमावर्ती क्षेत्र झिटकैयाबाट उनलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारत विहार राज्यको पूर्वीचम्पारण मूर्तिया ग्राम पञ्चायत ४ आदापुरका २२ वर्षीय तबरेज आलम छन् । बालिकालाई बन्धक बनाएर भारततर्फ लग्ने क्रममा सिमावर्ती क्षेत्र झिटकैयाबाट आलमलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण हेड क्वाटर बाराले जनाएको छ ।
आलमले देवताल गाउँपालिका ३ का शिव पूजन महतोको ९ महिनाकै छोरी र सोही ठाउँका प्रेमचन्द्र महतोको २ वर्षीय छोरालाई बोरामा बाँधेर भारततर्फ लग्दै थिए । सकुशल उद्धार पश्चात दुवै बच्चाको जिम्मा परिवारलाई लगाएको छ ।
बच्चा तस्करी गर्न लागेका आलमलाई थप कारबाहीका लागि सशस्त्र प्रहरीले नेपाल प्रहरी देवापुरलाई बुझाएको छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend