काठमाडौं । ६० किलो सुन बरामद प्रकरणमा पक्राउ परेका ६ जना विदेशी नागरिकमध्ये ४ जनासँग नेपाली नागरिकता भेटिएको छ।
केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कडायतका अनुसार, तीन जनासँग जिल्ला प्रशासन कार्यालय, काभ्रे र एक जनासँग जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट जारी भएको नागरिकता फेला परेको हो।
राजश्व अनुसन्धान विभागले गत ३ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय कार्यालयबाहिर सुनसहितको १५५ किलो ब्रेक शु बरामद गरेको थियो । १९ दिनसम्म अनुसन्धान गरेर संगठित अपराधको तत्व देखिएको भन्दै विभागले थप अनुसन्धानको गर्न भन्दै सीआईबीलाई फाइल हस्तान्तरण गरेको थियो ।
त्यसक्रममा पक्राउ परेका चिनियाँ नागरिकहरुको साथमा प्रहरीले नेपाली नागरिकता र राहदानी फेला पारेको हो । स्रोतका अनुसार, प्रकरणमा पक्राउ परेका होटल भियनाका सञ्चालक दावा छिरिङको साथमा ११८६५ नम्बरको नेपाली नागरिकता भेटिएको छ ।
उनको नागरिकता २०७४ मा जारी भएको देखिन्छ । त्यसपछि विभिन्न मितिमा थप दुई जनालाई नेपाली नागरिकता दिइएको भेटिएको छ ।
पक्राउ परेका चिनियाँ नागरिक डिङ सेग्फाले रामा लामाको नाममा २०२१ को डिसेम्बरमा नागरिकता लिएको भेटिएको छ । त्यस्तै, ली नेङ्काईले सोनाम लामाको नाममा नागरिकता लिएको पाइएको छ ।
थप दुई जनाको साथमा भने भारतीय आधार कार्ड फेला परेको परेको छ।
काठमाडौं । तोकिएको समयमा काम नगरी विकास निर्माणका काम अलपत्र पार्ने २२ निर्माण ब्यवसायीको ठेक्का तोडिएको छ । डिभिजन सडक कार्यालय चरिकोट, दोलखाले समयमा...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई थुनुवा कक्षमा भेटेबापत सशस्त्र प्रहरी बल नेपालका दोस्रो वरियताका एआइजी बंशी दाहाल निलम्बनमा परेका छन् । उनी एक सातापछि...
जनकपुरधाम । आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै धनुषाको विदेह नगरपालिकामा मेयर पदका सम्भावित आकांक्षीबारे चर्चा सुरु भएको छ । निर्वाचनको औपचारिक प्रक्रिया अघि बढ्न...
पच्चीस बर्षदेखि सुदूर पश्चिम प्रदेशमा ग्यास उद्योग सञ्चालन गर्नुभएका दिवान चन्द अहिले एलपी ग्यास उद्योग संघका अध्यक्ष हुनुहुन्छ । उहाँको रेडियन्ट ब्राण्डको ग्यास कम्पनी...
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङले विद्युतीय खरिद प्रणाली (ई–जीपी) मा साइबर सुरक्षा जोखिम देखिएको भन्दै यसलाई अनिश्चितकालका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend