Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चार्जमा रहेको मोबाइलबाट फोन गर्दा करेन्ट लागेर ज्यान गयो


    शनिबार, भाद्र २ २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • उदयपुर। चार्जमा लगाएको मोबाइलबाट फोन गर्दा करेन्ट लागेर उदयपुरमा एक जनाको ज्यान गएको छ।

    आज शनिबार बिहान ११ बजे चार्जमा राखेको मोबाइलबाट कुरा गर्ने क्रममा करेन्ट लाग्दा उदयपुरगढी गाउपालिका-७ चम्पेडाडाका ६८ वर्षीय ओमान सिङ भुजेलको मृत्यु भएको हो।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीका अनुसार चार्जमा राखेर फोनमा कुरा गर्दै गर्दा अकस्मात् करेन्ट प्रवाह हुँदा उनको मृत्यु भएको हो।

    शव पोस्ट मार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रनाउ चौधरीले जानकारी दिए।

    भुजेल सत्यवती आधारभूत विद्यालय घ्याम्पेका कार्यालय सहयोगी रहेको प्रअ गोपी मिजारले बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार