काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ६ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ५९ पुगेको छ ।
बिहीबार कोरोना संक्रमणबाट देशभर १७ जनाको मृत्यु भएको थियो । बुधबार कोरोना संक्रमणबाट ७, मंगलबार दुई र सोमबार १६ जनाको मृत्यु भएको थियो ।