Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सशस्त्रको भवन शिलान्यास गर्न गृहमन्त्री थापा दार्चुलाकाे छाङरुमा


    शुक्रबार, असोज ९ २०७७
    670
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक र गृहसचिवसहित गृहमन्त्री रामबहादुर थापा दार्चुलाकाे छाङरु पुगेका छन्।

    छाङ्रुमा निर्माण हुन लागेको सशस्त्र प्रहरीको गुल्मको भवन शिलन्यासका लागि गृहमन्त्री थापा, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र गृहसचिव महेश्वर न्यौपाने शुक्रबार त्यसतर्फ प्रस्थान गरेका हुन्।

    काठमाडौंबाट सुर्खेतसम्म स्काइ ट्रकमा र त्यहाँबाट नेपाली सेनाको हेलिकोप्टरमा सो टोलि छाङरु गएको हो। छाङरुमा सशस्त्र प्रहरीको गुल्मका लागि भवन निर्माण हुँदैछ।

    सो भवन निर्माणका लागि १० करोड रुपैयाँ छुट्याइएको छ। भवन अत्याधुनिक सुविधासहितको हुने गृह मन्त्रालयले जनाएको छ। यसअघि हिउँदको समयमा हिउँ पर्न थालेपछि त्यसक्षेत्रमा प्रहरी बस्दैनथ्यो। तर भवन निर्माणपछि सधैंभरी प्रहरी बस्ने छ।

    टोलीले तिंकर र कौवाको पनि हवाई निरीक्षण गर्ने कार्यक्रम रहेको गृहमन्त्रीको सचिवालयले जनाएको छ।

    भारतले अक्रिमण गरेको दार्चुला जिल्लाको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा भारतीय सुरक्षा फौजहरुको उपस्थिति र अन्य गतिबिधि समेत बढाउँदै लगेपछि नेपालले छाङरुमा सुरक्षाकर्मी तैनाथ गरेको हो।

    सुरुमा बीओपी राखिएको छाङरुमा हाल गुल्म स्थापना गरिएको छ। गुल्म स्थापनासँगै डीएसपीको कमाण्डमा एक सय ६० जनाको सशस्त्र प्रहरीको टोली बस्न थालेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार