Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दक्षिण कोरियालीको मृत्यु भएकोमा उत्तरद्वारा क्षमायाचना


    शुक्रबार, असोज ९ २०७७
    840
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सियोल । उत्तर कोरियाली नेता किम जोङ-उनले यसैसाता उत्तर कोरियाली सैनिकले चलाएको गोलीबाट दक्षिण कोरियाली नागरिकको मृत्यु भएको भन्दै क्षमा मागेका छन्। 

    उत्तर कोरियाली नेता किमले दक्षिण कोरियाली राष्ट्रपति मून जाए–इनलाई पठाएको पत्रमा उक्त कुरा उल्लेख गरिएको चियोङ वा डाईका राष्ट्रिय सुरक्षा निर्देशक एवं राष्ट्रपति मूनका वरिष्ट सुरक्षा सल्लाहकार सूह हूनले बताएका छन्।

    उत्तर कोरियाले पठाएको पत्रमा एक जना अपरिचित व्यक्तिले तटीय सुरक्षा गस्तीले चेतावनी दिएपनि त्यसको बेवास्ता गर्दै अगाडि बढेपछि गोली चलाउनु परेको उल्लेख छ। 

    यसैबीच, मून र किमले हालैमात्र व्यक्तिगत पत्र आदानप्रदान गरेको सूहले बताएका छन्। उक्त पत्रहरुमा कोरोना भाइरस महामारीबाट उत्पन्न कठिनाईलाई परास्त गर्दै सियोल–प्योङयाङबीचको सम्बन्धलाई पुनः गति दिने अपेक्षा गरिएको छ। 

    ती पत्रहरु पछिल्लो एक महिनाभित्र आदानप्रदान गरिएको पनि सूहले बताएका छन्। सूह दक्षिण कोरियाली राष्ट्रपतिका उच्च सुरक्षा सल्लाहकार हुन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार