Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रचण्ड भन्छन्- मन्त्रीहरुलाई हरेक महिना प्रगति विवरण बुझाउन भनेको छु


    शनिबार, साउन २७ २०८०
    960
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • चितवन। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हरेक मन्त्रीहरुलाई नमूना कार्य गरेर देखाउन भन्दैं कार्य सम्पादन सम्झौता गरिएको स्पष्ट पारेका छन् ।

    चितवनको भरतपुर २२ पटिहानीमा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले मन्त्रीहरुले हरेक महिना प्रगति विवरण बुझाउनुपर्ने गरी सम्झौता गरिएको बताए ।

    अहिलेको सरकार सुशासन, न्याय र सम्वृद्धिको लागि दृढ भएर लागेको बताउँदै प्रधानमन्त्री प्रचण्डले नेपालमा सम्वृद्धिको यात्रा अगाडि बढाउँदै सुशासन कायम गरेर भष्ट्राचारको अन्त्य गर्न सरकार लागेको बताए ।

    उनले बुढिगण्डकी लगायतका ठूला परियोजनाहरुको निर्माण कार्य अगाडि बढ्न लागेको जनाउँदै एउटै परियोजनाबाट १० हजार मेगावाटसम्म विद्युत निकाल्ने गरी काम भैरहेको बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार