Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • स्वास्थ्य सामग्रीमा अनियमितता बारे साेधपुछका लागि मन्त्री ढकाललाई बोलाइने


    बिहिबार, असोज ८ २०७७
    865
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । स्वास्थ्य सामग्री खरिद प्रकरणबारे सोधपुछका लागि संघीय संसद्‍को लेखा समितिले मन्त्रीलाई बोलाउने निर्णय गरेको छ । सामान खरिद गरिँदा बहालवाला स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई बोलाउने निर्णय गरिएको हो । समितिको आगामी बैठकमा ढकालसँग छलफलका लागि बोलाउने निर्णय भएको लेखा समितिले जानकारी दिएको छ। 

    यसअघि सचिव, स्वास्थ्य सेवा विभागका प्रमुखलाई पनि बोलाएर समितिले छलफल गरेको थियो। 

    ओम्नीसँग खरिद गरेका सामग्रीमा भ्रष्टाचार भएको सार्वजनिक भएपछि संसदको लेखा समितिले अध्ययन गरेको थियो। अध्ययनमा प्रचलित बजारको दरभन्दा महँगोमा मेडिकल सामग्री खरिद भएको समितिले अध्ययनका लागि गठन गरेको उपसमितिले बुझाएको प्रतिवेदनमा उल्लेख छ। 

    तर सरकारले भने संकटका बेला सामन नपाइएकाले केही सामग्रीमा महँगो पर्न गएपनि भ्रष्टाचार भने नभएको तर्क गर्दै आएको छ। 

    स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी परेका छन्। तर ती उजुरीमाथि अख्तियारले अध्ययन अघि बढाएको बताएपनि देखिने गरी कुनै काम भने सार्वजनिक भएको छैन। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार