काठमाडौं । ऊर्जामन्त्री वर्षमान पुनको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । उनको सुरक्षामा खटिएका एक सुरक्षाकर्मीमा कोरोना पोजेटिभ देखिएपछि उनी होम आइसोलेशनमा बसेका थिए । पाँच दिनपछि पीसीआर परीक्षण गराएका उनको रिपोर्ट नेगेटिभ आएको हो ।
यस्तै परिवारका सबै सदस्यको रिपोर्ट पनि नेगेटिभ आएको छ । यस्तै यसअघि पोजेटिभ भएका अङ्गरक्षकको पनि दोस्रो परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।
योसँगै उनी अब भोलिदेखि नियमित काममा फर्किने बताइएको छ ।