Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राष्ट्रपतिलाई भेट्न शितल निवास पुगे सभामुख र राष्ट्रिय सभा अध्यक्ष


    शुक्रबार, साउन २६ २०८०
    945
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आज राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन्।

    शुक्रबार बिहान सभामुख र राष्ट्रिय सभा अध्यक्षले शितल निवासमा राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन्।

    सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले सभामुख र राष्ट्रिय सभा अध्यक्षले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेको जानकारी दिए।

    ‘आज बिहान १० बजेदेखि आधा घन्टा उहाँहरूबीच भेटवार्ता भएको हो,’ उनले भने, ‘संसदमा जारी अवरोधबारे छलफल भएको छ।’

    प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै लगातार सदन अवरोध गर्दै आएको छ।

    राष्ट्रपति पौडेलले सभामुख र राष्ट्रिय सभा अध्यक्षसँग सदनको अवरोध खुलाउन भएका पहलबारे जानकारीसमेत लिएका छन्।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार