Nepal Face
  • शुक्रबार, ७ कार्तिक २०८३
  • एकीकृत कर्मचारी संगठनद्वारा रक्त क्यान्सरका बिरामी मगरलाई ५० हजार आर्थिक सहयोग


    बिहिबार, साउन २५ २०८०
    5.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । एकीकृत सरकारी कर्मचारी संगठन, नेपाल, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय विभागीय कार्य समितिले रक्तक्यान्सर पीडित प्रदीप पेप्छाकी मगरको उपचारका लागि आर्थिक सहयोग प्रदान गरेको छ ।

    संगठनद्वारा मनोज–झपेन्द्र–सुरेन्द्र स्मृति दिवसको सन्दर्भमा आयोजित बिरामीहरुलाई फलफूल बितरण कार्यक्रमका क्रममा निजामती अस्पतालमा भेटेका बिरामी केप्छाकी मगरको लागि आर्थिक सहयोग जुटाइएको थियो । रक्तक्यान्सरका बिरामी मगरलाई बिहीबार संगठनले सहयोग हस्तान्तरण गरेको छ ।

    शहीद मनोज–झपिन्द्र स्मृति प्रतिष्ठानका अध्यक्ष मोहनकुमार घिमिरे, एकीकृत सरकारी कर्मचारी संगठनका उपाध्यक्ष हरिकाजी राई र पेशागत महासंघका महासचिव राजन रेग्मीले संयुक्त रुपमा निजामती अस्पतालका कार्यकारी निर्देशक डा. बिधानिधि पौडेललाई मगरको उपचारका लागि ५० हजार रुपैयाँ हस्तान्तरण गर्नुभएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार