काठमाडौं। प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आदिवासी जनजातिमाथिको उत्पीडनको कुरा उठाउँदा मजाक उडाउनेहरू नै अहिले पहिचानको हिमायती बन्न थालेको बताएका छन् ।
अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसको सन्दर्भमा पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्दै पहिचानको राजनीति भन्दै समाजमा साम्प्रदायिक घृणा, विद्वेष र कलह फैलाउन खोजिएको समेत बताए।
‘म गर्वका साथ भन्न चाहन्छु। हाम्रो पार्टी स्थापना हुँदैदेखि सामाजिक न्याय, समानताको आवाज उठाउने पार्टी हो। अस्तिसम्म मात्रै हामीले आरक्षणको कुरा गर्दा, ३३ प्रतिशत महिला आरक्षणको कुरा गर्दा, उत्पीडित समुदायको आरक्षणको कुरा गर्दा, आदिवासी जनजातिहरू माथिको उत्पीडन अन्त्यको कुरा गर्दा, उहाँहरूको सहभागिता यथोचित ढंगले हुनुपर्छ भन्दा हाम्रो मजाक उडाउनेहरू आज त्यसको हिमायती हुन खोजेका छन्,’ उनले भने।
अहिले तिनै तत्त्वहरू अर्को रङ बदलेर पहिचानको राजनीति भन्दै साम्प्रदायिक घृणा, विद्वेष र कलहको राजनीति गर्न खोजिरहेको उनको आरोप थियो।
‘यो कुरा खास गरी २०५२ सालमा जब नेपालमा हिंसा सुरू भयो अगाडि बढ्यो, त्यो हिंसालाई बढाउनका लागि सबैभन्दा बढी सामाजिक सेन्टिमेन्टल कुरा के हुन्छ भनेर जात, भूगोल, विश्वास, आस्था, धर्मको कुरा ल्याएको हो,’ उनले भने।
काठमाडौँ । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रजिस्ट्रार भीमबहादुर चन्दले आफूलाई पदमुक्त गर्न माग गर्दै अनशन बसेका डा। गोविन्द केसीलाई खुला पत्र लेखेका...
काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप र झडपपछि प्रहरीले गोली चलाएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान गर्ने भएको छ । आयोगका प्रवक्ता...
काठमाडौँ । संघीय संसद्का सदस्यलाई निजी स्वकीय सचिव (पीए) राख्न दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश विनोद...
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन्। सोमबार बिहान राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटमा समसामयिक राजनीतिक...
काठमाडौँ । सुनसरीमा धार्मिक सद्भाव भड्किएको घटनाबारे छलफल गृहमन्त्री सुधन गुरुङले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । सोमबार बिहान मन्त्रालयका सचिव, आईजीपी र सशस्त्र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend