Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानमन्त्रीलाई सुवास नेम्वाङको व्यङ्ग्य : नाम बिर्सेँ, अनुहार झलझल्ती सम्झन्छु 


    बिहिबार, साउन २५ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका उपाध्यक्ष तथा संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले एमालेले सबै जातजाति र धर्मावलम्बीहरूको अधिकारको सम्मानमा कुनै सर्तबन्दी नगर्ने बताएका छन् ।

    २९ औँ विश्व आदिवासी दिवसका अवसरमा एमाले निकट लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घले आज च्यासलमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता नेम्वाङले देशका विविध धर्म,जाती र भाषाका पक्षमा दृढतापूर्वक एमाले उभिँदै आएको र आगामी दिनमा पनि उभिने बताए ।

    नेता नेम्वाङले प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति लक्षित गर्दै व्यङ्ग्य पनि गरे । उनले भने, ‘म नाम अलि बिर्सन्छु । हिजोअस्ति भर्खरै कोशी प्रदेशको सन्दर्भलाई लिएर होला एक जना मित्रले भन्नुभयो । अर्को पटक २०८४ मा हामीलाई भोट हालेर जिताउनुभयो भने म यो कोशी प्रदेशको नामै फेर्दिन्छु ।’

    उनले त्यसो भन्ने मान्छेको नाम बिर्सेपनि अनुहार झलझल्ती याद आइरहेको बताए । ‘उहाँले यसो भनेको मलाई कताकति पढेको जस्तो लाग्यो । झलझली अनुहार याद छ तर नाम बिर्सेँ’, नेम्वाङको भनाइ छ ।

    दुई दिन अघि प्रधानमन्त्री प्रचण्डले विश्व आदिवासी दिवसकै अवसरमा काठमाडौमा भएको एक कार्यक्रममा कोशी प्रदेश नामकरण र भइरहेको विरोधलाई लक्षित गर्दै आउने चुनावमा आफ्नो पार्टीलाई जिताए कोशीको नाम फेरिदिने बताएका थिए ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार