Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सिरहामा मिटरब्याजी आरोपमा एकजना महिला पक्राउ


    बिहिबार, साउन २५ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • जनकपुरधाम । सिरहामा मिटरब्याज कारोबारी एक जना मिटरब्याजीलाई प्रहरीले पक्राउ गरेको छ। मिर्चैया नगरपालिका ६ की ३५ बर्सिया मिटरब्याजी सुजाता साहलाई प्रहरीले पक्राउ पक्राउ गरेको हो ।

    बुधबार साँझ उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक टेकुनन्द इवा लिम्बुले जानकारी दिए । उनका अनुसार ममता देवी रायले प्रहरीमा दर्ता गराएको अनुचित लेनदेन सम्बन्धी मुद्दामा अदालतबाट पक्राउ अनुमति लिएर उनलाई पक्राउ गरिएको हो । उनीमाथि थप अनुसन्धान भइरहेको छ प्रहरी उपरीक्षक लिम्बुले जनाएको छ ।

    साहमाथि प्रहरी र जिल्ला प्रशासनमा गरी दर्जनौँ उजुरी छ । मिर्चैया क्षेत्रमा उनी लामो समयदेखि चर्को मिटरब्याज धन्दा चलाउँदै आएकी थिइन् ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार