Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ल्यारक्याल लामाको विषयमा टिप्पणी गर्न आवश्यक छैन: माओवादी


    बुधबार, साउन २४ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेकपा (माओवादी केन्द्र)का प्रवक्ता अग्नि सापकोटाले ल्यारक्याल लामाको नियुक्तिबारे टिप्पणी गर्न आवश्यक नभएको उल्लेख गरेका छन् ।

    प्रवक्ता नियुक्त भएपश्चात् पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । “यसमा कुरा आयो । तर, टिप्पणी गर्न आवश्यक ठान्दिनँ,” उनले भने ।

    पार्टी नेता लामालाई माओवादी कोटाबाट लुम्बिनी विकास कोषको कार्यकारी उपाध्यक्ष बनाइएको छ । उनी हातहतियार तथा खरखजानाका साथै दोहोरो राहदानीको विषयमा विवादित पात्र हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार