Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • लाइफ टाइम सडक योजना बनाउन मन्त्री ज्वालाले थाले पूर्वाधारका विज्ञसँग छलफल


    बुधबार, साउन २४ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भौतिक पूर्वाधारका विज्ञ टोलीसँग विषयगत छलफल सुरु गरेका छन् । अहिले सञ्चालनमा रहेका सडकको सुरक्षा र भावी बन्ने सडकका विषयमा केन्द्रीत भएर छलफल सुरु गरिएको मन्त्रालयका सचिव केशव शर्माले बताए ।

    नेपालमा विगत र वर्तमानका सडक अवस्था, जोग्राफिकल जियोग्राफी र भविश्यमा कस्ता सडकमा बनाउँदा लाइफ टाइम सडकको सुरक्षा हुनसक्छ भन्ने विषयमा छलफल सुरु गरिएको छ । छलफलमा मन्त्री ज्वालाले भौगलिक विकताले सडक निर्माण र सडक सुरक्षाले थपेका चुनौतिलाई कसरी हल गर्ने भन्ने विषयमा विज्ञ टोलीसँग राय सल्लाह मागेका छन् । ‘सडक गाउँबस्तीमा पुरयाउने हो, तर हाम्रा धेरै गाउँबस्तीहरु चुरे र महाभारत शृखंलामा रहेका छन्, जहाँ सडक विस्तार गर्न र विस्तार गरिएका सडकको सुरक्षा गर्न निकै चुनौति छन् ।’

    पूर्वाधार विज्ञ सुरेशराज आचार्य, विज्ञ मेघराज घिताल, फ्रोफेसर डा. तारानिधी भट्टराई, बिबी देउजालगायतका विज्ञसँग छलफल सुरु गरेका छन् । विज्ञ टोलीले दृश्यसहितको प्रस्तुति गरेको छ । धेरै खर्चिलो भएपनि नेपालको भूगोलअनुसार सुरुङ मार्गमा जान विज्ञ टोलीले सुझाव दिएको छ ।

    जति राम्रो सडक बनाएपनि वाढी पहिरोले सडकको आयु एकदमै छोटो हुने गरेको छ । त्यो समस्या हल गर्न सुरुङ मार्गमा जान र सञ्चालनमा रहेका सडकहरुको तत्तकाल अध्ययन थाल्न बिज्ञ टोलीले सुझाव दिएको छ । छलफलमा मन्त्रालयका सवै सहसचिवको पनि सहभागिता रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार