Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • बाढीले विद्युत प्राधिकरणको जिप बगायाे: एकजनाको मृत्यु, २ जना बेपत्ता


    बुधबार, असोज ७ २०७७
    800
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बुटवल । कपिलवस्तुको मोतिपुरस्थित कोइली खोलामा आएको बाढीले नेपाल विद्युत प्राधिकरणको कर्मचारी सवार जिप बगाएकाे छ। जिप बगाउँदा एकजनाको मृत्यु भएको छ भने अन्य २ जना बेपत्ता भएका छन् ।

    बाणगंगा नगरपालिकाको बनगाइ भलवाड डोहोटे सडकखण्ड अन्तर्गत कोइली खोलामा आएको बाढीले बा १ ञ १०८९ नम्बरको जिप बगाएको हो ।

    मृत्यु हुनेमा गुल्मी जिल्लाको तम्घास घर भएका जिप चालक माधव पाण्डे रहेको कपिलवस्तुका शसस्त्र प्रहरी उपरीक्षक धुब्रबहादुर कार्कीले बताए ।तीन जनाले भने जिपबाट हामफालेर ज्यान बचाएका छन् । जितपुरबाट पडेरियामा रहेको ट्रान्सफर्मरमा फ्युज बनाएर फर्किने क्रममा उनीहरु सवार जिप बाढीले बगाएको प्रहरीले जनाएको छ ।

    बाढीले बगाएको जिपलाई भने डोजर लगाएर निकालिएको उनले बताए । सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीको टोलीले बेपत्ताहरुको खोजी कार्य जारी राखेको कार्कीले बताए । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार