Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • प्रधानमन्त्री प्रचण्डको भ्रमणअघि उपराष्ट्रपति यादव चीन जाँदै


    मंगलबार, साउन २३ २०८०
    990
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। भ्रमणका लागि उपराष्ट्रपति रामसहाय प्रसाद यादव चीन जाने भएका छन् । उपराष्ट्रपति यादव ‘चाइना– साउथ एसिया एक्सपो’ मा सहभागी हुन अर्को साता युनान प्रदेशको कुनमिङ् जाने भएका हुन् । उपराष्ट्रपतिमा निर्वाचित भएपछि यादवको यो पहिलो विदेश भ्रमण हो ।

    चीन भ्रमण गरेर उपराष्ट्रपति यादवले आफ्नो विदेश भ्रमण सुरु गर्ने भएका छन्। उपराष्ट्रपति यादव साउन २९ मा कुनमिङ् जाने भएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणको तयारी भइरहेका बेला त्यस अघि उपरारष्ट्रपति चीन जान लागेका हुन् ।

    प्रधानमन्त्री दाहाल सेप्टेम्बरको तेस्रो वा चौथो हप्ता चीन जाने भएका छन् । परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री दाहालको चीन भ्रमणको तयारी भइरहेको बताएका छन् । परराष्ट्र मन्त्रालयले उपराष्ट्रपति यादवको चीन भ्रमणको तयारी गरिहेको स्रोतले बताएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार