Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सहमति नजुटेपछि शीर्ष नेताको बैठक सकियो, साढे ३ बजे पुनः छलफल गर्दै


    सोमबार, साउन २२ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । संसदको अवरोध खुलाउने विषयमा सभामुख देवराज घिमिरेसहित प्रमुख तीन दलका शीर्ष नेताको बैठक बिना निष्कर्ष सकिएको छ । आज दिउँसो १२ बजेदेखि सिंहदरबारमा भएको छलफलमा कुनै सहमति हुन नसकेपछि पुनः साढे तीन बजे अर्को बैठक बसेर सहमति जुटाउने कांग्रेस नेता रमेश लेखकले जानकारी दिए ।

    लेखकका अनुसार साढे ३ बजे बानेश्वरमा बस्ने बैठकमा सदन खुलाउन र संसदीय समितिको सभापति चयनबारे समेत निर्णयमा पुग्ने दलहरुको तयारी छ । आज दिउँसो १ बजेका लागि तय भएको प्रतिनिधिसभा बैठक दलहरुबीचको छलफल नसकिएकाले अपराह्न चार बजेलाई सूचना टाँसेर सारिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार