Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • एमालेको अवरोध पछि राष्ट्रियसभा बैठक बुधबारसम्मका लागि स्थगित


    सोमबार, साउन २२ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। एक सय किलो सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न माग गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सोमबार पनि राष्ट्रिय सभाको बैठक अवरोध गरेको छ ।

    राष्ट्रियसभाको बैठकको सुरुवातमै एमाले सांसदहरु आफ्नो सिटबाट उठेर विरोध गरे । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बसेर बैठकको कारबाही अघि बढाउन आग्रह गरे । शीर्ष नेताहरुको बैठक समेत बसिरहेको जानकारी दिँदै उनले बैठक अघि बढाउन आग्रह गरेका थिए । तर एमाले सांसदहरु उठिरहेपछि राष्ट्रिय सभाको बैठक बुधबार सम्मका लागि स्थगित गरियो ।

    उक्त सुन प्रकरणमा प्रहरीले छानबिन गरिरहेको छ । तर एमालेले भने उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै पटकपटक संसद् अवरोध गर्दै आएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार